Follow us: Youtube Android App
१६ कम्पनीको ६ अर्ब रुपैयाँको आईपीओ आउँदै
२६ चैत्र २०७७

काठमाडौँ l सेयर बजारले हरेक दिन नयाँ रेकर्ड बनाइरहेका बेला थप १६ कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । सेयर निष्कासन अनुमतिका लागि ती कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् ।

सामान्यतया बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका १६ कम्पनीले ५ अर्ब ८८ करोड ५० लाख रुपैयाँ बराबरको ५ करोड ८८ लाख ५० हजार

कित्ता सेयर निष्कासन गर्ने जनाएका छन् । तीमध्ये १३ वटा जलविद्युत् र ३ वटा अन्य समूहअन्तर्गतका कम्पनी छन् । जलविद्युत् कम्पनीमध्ये प्रायःले स्थानीय र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ ...

समाचार स्रोत :