Follow us: Youtube Android App
बैंकहरूलाई नगद लाभांश वितरणमा कडाइ
८ असोज २०७८

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद लाभांश वितरणमा कडाइ गरेको छ । राष्ट्र बैंकले बिहीबार साधारणसभा र लाभांश वितरणसम्बन्धी कार्यविधि संशोधन गर्दै चालु आर्थिक वर्षमा पनि बैंकहरुलाई बोनस सेयर वितरणमा प्रोत्साहन गरेको हो ।

कार्यविधिमा ११ प्रतिशत भन्दा बढी पुँजीकोष कामय गर्ने संस्थाहरुले मात्र नगद लाभांश वितरण गर्न पाउने व्यवस्थालाई निरन्तरता दिएको छ । राष्ट्र बैंकले गत वर्ष नै कार्यविधि जारी गर्दै कोभिड महामारीको जोखिमबाट बैंकहरुलाई जोगाउनका लागि नगद लाभांशमा कडाई गरेको थियो । उक्त व्यवस्थालाई चालु वर्षका लागि समेत निरन्तरता दिएको हो ।

कार्यविधिमा आर्थिक वर्ष २०७७/०७८ को लागि बैंक तथा वित्तीय संस्थाहरुले सो आर्थिक वर्षको खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था छ ...

समाचार स्रोत :