Follow us: Youtube Android App
राष्ट्र बैंकले सीमा तोकिदिएपछि घट्यो सेयर कर्जा
२३ कात्तिक २०७८

काठमाडौँ — राष्ट्र बैंकको हस्तक्षेपपछि गत भदौमा सेयर कर्जा (मार्जिन लोन) सवा २ अर्ब रुपैयाँ घटेको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितोमा लिइने कर्जामा सीमा तोकेको थियो । सोही व्यवस्थाका कारण गत भदौमा सेयर धितो कर्जा घटेको जानकारहरू बताउँछन् ।

गत आर्थिक वर्षका सबै महिना र चालु आर्थिक वर्षको साउनसम्म सेयर धितो कर्जा बढेको थियो तर गत असारको तुलनामा भदौमा यस्तो कर्जा २.१ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने करिब ५ प्रतिशत बढेको थियो ।

राष्ट्र बैंकले विगतदेखि नै सेयर बजारलाई अस्थिर बनाउने नीति ल्याउँदै आएको र सोही क्रममा सेयर कर्जामा सीमा तोकिएको सेयर विश्लेषक रवीन्द्र भट्टराईको आरोप छ । ‘राष्ट्र बैंकले जहिले पनि बजारलाई अस्थिर बनाउँदै आएको छ,’ उनले भने, ‘मार्जिन कर्जामा ४ करोड र १२ करोडको सीमा पनि त्यसकै निरन्तरता हो ।’ अझै पनि बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्य छ । यस कारण राष्ट्र बैंकका स–साना निर्देशनले पनि बजारमा ठूलो प्रभाव पर्दै आएको छ । त्यसमाथि राष्ट्र बैंकको धारणा सकारात्मक नहुँदा बजार अस्थिर बन्दै आएको उनको दाबी छ ...

समाचार स्रोत :