Follow us: Youtube Android App
घाटामा चलेका छन् तीन विकास बैंक
६ मंसिर २०७८

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन विकास बैंकहरु घाटामा देखिएका छन् । पहिलो त्रैमासमा सार्वजनिक वित्तीय विवरण अनुसार सप्तकोशी डेभलपमेण्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक घाटामा गएका हुन् ।

राष्ट्र बैंकका प्रवक्ता समेत रहेका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल भर्खरै समस्याग्रस्तबाट फुकुवा भएका क्षेत्रीय विकास बैंक नाफामा जान नसकेको बताउँछन् ।

निक्षेप कम आउने र कर्जा लगानी पनि राम्रो नहुने गर्दा बैंक घाटामा गएका हुन् । ‘पुँजी धेरै भएपनि निक्षेप कम आउने र ऋण समेत धेरै नजाने हुँदा समस्या भएको हो, कर्जा नगए पति त नाफा कमाउन गाह्रो पर्ने भइहाल्यो’ प्रवक्ता ढकालले भने ...

समाचार स्रोत :