Follow us: Youtube Android App
प्रसारणलाइन सुधार्न एडीबीको ७ अर्ब ऋण, काठमाडौंमा भूमिगत ग्रिड बन्ने
११ मंसिर २०७८

काठमाडौं । एसीयाली विकास बैंक (एडीबी)ले नेपालको विद्युत् प्रसारणलाइन (ग्रिड) र सबस्स्टेसन सदृढीकरणका लागि ६० मिलियन अमेरिकी (७ अर्ब १० करोड रुपैयाँ) बराबर ऋण सहायता उपल्ध गराउने भएको छ । शुक्रबार अर्थमन्त्रालयमा एक कार्यक्रम गरेर अर्थसचिव मधुकुमार मरासिनी र अर्नाउद काउचोइसले ऋण सम्बन्धी सम्झौतापत्रमा हस्तक्षर गरे ।

सम्झौताअनुसार प्राप्त हुने रकमबाट विद्युत प्राधिकरणले नेपालगञ्ज–कोहलपुर खण्डमा १२३ केभीको प्रसारणलाइन र बीचमा एउटा सबस्स्टेसन निर्माण गर्ने भएको छ ।

विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ अम्बे सिमेन्ट यो क्षेत्रमा ३५ मेगावाट बिजुली मागेको र अन्य औद्योगिक माग पनि आउने सम्भावना भएकाले प्रसारणलाइन र सबस्टेसन बनाउन लागिएको बताउँछन् । यो प्रसारणलाइन भारतको उत्तर प्रदेशमा विद्युत् व्यपारमा समेत उपयोगी हुने उनको भनाइ छ ...

समाचार स्रोत :