Follow us: Youtube Android App
कृषि–पशु बिमा सेवा बन्द, मर्कामा किसान
१२ जेठ २०८०

काठमाडौं : मुलुकभर निर्जीवन बिमा कम्पनीहरूले कृषि तथा पशु बिमा सेवा बन्द गरेका छन्। सेवा ठप्प हुँदा किसानहरू बिमा गर्न र दाबी भुक्तानी पाउनबाट वञ्चित भएका छन्। बिमा कम्पनीहरू भने बाँकी अनुदान प्राप्त नभएसम्म सेवा ठप्प गर्ने अडानमा छन्।

यता कृषि तथा पशुपन्छी मन्त्रालयसम्बद्ध कर्मचारी भने बिमित किसानको स्पष्ट कागजात प्राप्त नभएको र कम्पनीबाट पारदर्सि रूपमा डकुमेन्ट प्राप्त भएमात्रै अनुदान निकासा गर्ने बताउँछन्।

२०६९ सालदेखि सुरू भएको कृषि बिमामा सरकारले २०७० देखि नै बिमाशुल्कमा अनुदान दिँदै आएको हो। सरकारमार्फत शुरुवाती चरणमा ७५ प्रतिशत र पछिल्लो करिब १ वर्षदेखि भने ८० प्रतिशत अनुदानमा कृषि तथा पशु बिमा जारी हुँ आएको छ। तर, सरकारले अनुदान बापतको रकम निकासामा ढिलाइ गर्दा बिमा कम्पनी मारमा परेको गुनासो पटक पटक गर्दै आएका थिए। सञ्चालनमा रहेका १५ निर्जीवन बिमा कम्पनीहरूको छाता संगठन नेपाल बिमक संघले सरकारले अनुदानबापत करिब ३ अर्ब रुपैयाँ बराबरको अनुदान रकम वर्षदिन बित्दा पनि नदिएको भन्दै यही जेठ ७ गतेदेखि सेवा नै ठप्प पारेका हुन्।

संघले विज्ञप्ति जारी गर्दै सो सेवा मुलुकभर ठप्प पार्ने निर्णयको उद्घोष गरिसकेको छ। संघका अनुसार माछाको अनुदान रकम २०७७ सालदेखि बाँकी रहेको छ। बाली बिमाको अनुदान रकम ०७८ आश्विनदेखि चैत मसान्तसम्म आशिक दिई हालसम्मको बाँकी रहेको संघको दाबी छ। यस्तै, पशुपन्छी बिमाको अनुदान रकम ०७८ असोजदेखिको बाँकी रहेकाले समग्रमा यो बिमा सेवा दिन असमर्थ भएको संघले जनाएको छ...

समाचार स्रोत :