टेकु र कालिमाटी जोड्ने विष्णुमती खोलामाथि बनाइएको पुलमा नियमितविपरीत म्याद थप गर्दा राज्यलाई एक करोड १४ लाखभन्दा बढी नोक्सान भएको छ ।
यसमा भूमिका खेल्ने चार कर्मचारी र निर्माण कम्पनीका सञ्चालकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । कमसल निर्माण सामग्री प्रयोग गरिएकाले हालसम्म पुल प्रयोग गरिएको छैन । भत्काएर फेरि बनाउन सरकारले निर्देशन दिए पनि कम्पनीले बनाएको छैन ...