Follow us: Youtube Android App
भूकम्पका आर्थिक डोब
२ फागुन २०७७

धेरैजसो नेपालीलाई २०७२ सालको विनाशकारी भूकम्पका बेला आफू कहाँ थिएँ भन्ने सम्झना होला । यस्तो व्याकुल समय जीवनमा कमै आउँछ । जमिन हल्लँदा दौडन सकिँदो रहेनछ भनी धेरै नेपालीले त्यस दिन महसुस गरे । हाम्रो देशको अर्थतन्त्रलाई पनि यो घटना जमिन हल्लिएजस्तो थियो र हिँड्न सजिलो भएको थिएन ।

एकातिर सरकारलाई आफ्ना जनताको बसोबासको जोहो गर्नुपर्ने दबाब थियो र त्यसका लागि ऋण लिएर भए पनि स्रोत जुटाउनुपर्ने थियो भने, अर्कातिर नागरिकहरू अरू लगानी गर्न सक्ने स्थितिमा थिएनन् । पर्यटकहरू आउन कम भएको थियो, आर्थिक चुनौतीले मान्छेहरूको खपत क्षमता घटेको थियो र अन्य पेसामा पनि धेरै खालका चुनौती सुरु भएका थिए ।

भूकम्प गएपछिको केही दिनमै राज्यको सबलता र दुर्बलता दुवै देखिएको थियो । सम्भवत: चोरी र अन्य अराजकताका घटना कम हुनु राज्य बलियो भएको प्रमाण थियो भने, बेलैमा मुलुकभित्रै अन्तर्राष्ट्रिय दाता भेला गर्नु र त्यसका लागि डकुमेन्टहरू तयार गर्न सक्नु पनि मुलुकको सबल पक्ष थियो । कमजोरी पनि थुप्रै भए । भूकम्पको सुरुका केही दिन सबैलाई ‘क्रुसल’ हुन्थ्यो । तर त्यही अवधिमा राज्यले राहत न्यायोचित रूपमा चाहिएका ठाउँमा पुर्‍याउन सकेको थिएन । पहाडमा धेरै ठाउँमा मुहानहरू हल्लिएकाले पानी धमिलिएको थियो । घरमा भएको अन्नमा घर भत्केर माटो, गिटी वा बालुवा मिसिएको हुन्थ्यो । भूकम्पपीडितहरू परकम्पका कारण चर्केका घरमा सुत्न सकेका थिएनन् भने, बाहिर सुत्न सबैलाई त्रिपाल वा अन्य आवश्यक सामग्री पुर्‍याउन नसकिएको अवस्था थियो ...

समाचार स्रोत :