Follow us: Youtube Android App
जहाँ पाँचवटा हत्याको अनुसन्धान नै भएन
३ फागुन २०७७

बैतडी l बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको आइतबार ११ दिन पुगेको छ । प्रहरीका उच्च अधिकारीहरूले आफैं घटनास्थलमा अनुसन्धान गरिरहे पनि अहिलेसम्म संलग्न कसैको पहिचान हुन सकेको छैन ।

दोगडाकेदारअन्तर्गत पर्ने साबिकको देउलेक गाविसमा यो घटना हुनुभन्दा अघि भएका पाँच जनाको हत्या घटनामा अनुसन्धान नै नभएको पाइएको छ । गुपचुपमा राख्ने गरिएकैले अपराधका घटनाले निरन्तरता पाउँदा भागरथीको हत्या भएको त होइन भन्ने टीकाटिप्पणी पनि हुन थालेको छ ।

दोगडाकेदार–७ मल्लागाउँका जयसिंह कार्की २०७४ भदौ १४ गते साँझतिर साथीभाइसँगै घरबाट पौने घण्टा पैदल हिँडेर दारकुडी मन्दिरमा मेला भर्न गएका थिए । राति मेलामा एक स्थानीयले कुटपिट गरिरहेको देखेपछि उनका भतिजा भोजबहादुरले जोगाएका थिए । त्यसपछि भोजबहादुर मेलामा आफ्ना साथीहरूसँगै रमाए । काका भने बीचमै छुटे । रातिको समय, बाक्लो भीडभाड । भोजबहादुरलाई काकाको वास्ता भएन । भोजबहादुरले सुनाए, ‘बिहान घर जाने बेला खोजी गर्दा त काका मेलास्थलनजिकै मृत अवस्थामा भेटिए ।’ त्यसबेला जयसिंह भर्खर २५ वर्षका थिए । जयसिंहको मृत्युपछि उनका श्रीमती र नाबालक छोराको बेहाल छ ...

समाचार स्रोत :