Follow us: Youtube Android App
तिलावे पुलमा पप्पु : काम गर्न पछाडि, जस लिन अगाडि
२४ साउन २०७९

वीरगञ्ज । २२ साउन आइतबार पर्सा क्षेत्र नं. ३ का निलम्बित सांसद हरिनारायण रौनियारले तिलावे पुलको फोटो सामाजिक सञ्जालमा पोष्ट गरे ।

‘वीरगञ्ज ठोरी हुलाकी मार्ग अन्तर्गत पर्साको तिलावे नदीमा पुल स्थलगत अवलोकन’, फोटोसँगै उनले लेखेका छन्, ‘पुल सञ्चालनमा आएपछि पर्साको ग्रामीण क्षेत्र र वीरगञ्जको आवागमन सहज हुनेछ ।’

रौनियार पप्पु कन्स्ट्रक्सनका मालिक हुन् । छोरा सुमित रौनियारलाई कन्स्ट्रक्सनको जिम्मेवारी दिएर आफू पूर्णकालीन राजनीतिमा लागेको उनी बताउँछन् । हालसालै जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समिति सदस्यमा चयन भएका उनी ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पर्सा– ३ बाट प्रत्यक्ष निर्वाचित भए पनि भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका हुन् ...

समाचार स्रोत :