काठमाडौं । धेरै देशको जलवायु प्रदूषणको मुख्य स्रोत यातायात हो । जलवायु संकट समाधानका लागि ऊर्जा प्रयोगको तरिकामा परिवर्तन भइरहेको छ । पछिल्लो समय विश्वव्यापी रूपमा विद्युतीय सवारीसाधनको माग बढेको छ ।
पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनबाट हुने वायु प्रदूषणबाट दम, बोन्काइटिस, क्यान्सरका रोग लाग्ने भएकाले विश्वव्यापी रूपमा विद्युतीय गाडीको माग बढ्नु स्वाभाविक हो । एक प्रतिवेदनअनुसार विश्वव्यापी रूपमा सन् २०२३ मा बिक्री हुने पाँचवटा सवारीसाधनमध्ये एउटा विद्युतीय वाहन हुने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले सडक यातायातका साधनमा विद्युतीय सवारीको माग बढेकाले ऊर्जा उद्योगमा त्यसले ठूलो प्रभाव पार्ने बताएको छ । चालू दशकको अन्त्यसम्ममा दैनिक ५० लाख ब्यारेल इन्धनको खपत अन्त्य हुने उसले अनुमान लगाएको छ । हाल विश्वमा १० करोड ब्यारेल इन्धन दैनिक रूपमा खपत भइरहेको छ ...