Follow us: Youtube Android App
पूर्वतयारी नसक्दै एमसीसीको ५ वर्षे अवधि गणनाको तयारी
४ जेठ २०८०

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले पूर्वतयारी नसक्दै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजनाहरुको कार्यान्वयन थाल्ने भएको छ । नेपालमा एमसीसी अन्तर्गत बन्ने प्रसारणलाइन र सडक निर्माणको ठेक्का समेत नलाग्दै पाँच वर्षे अवधि गणना हुने गरी ‘इन्ट्री इन्टु फोर्स’ (ईआईएफ) मा जान लागिएको हो ।

आयोजनाका लागि जग्गा प्राप्ति, रुख कटानजस्ता पूर्वतयारीका काम पनि सकिएको छैन । यस्तो अवस्थामै ५ वर्षे निर्माण अवधिको गणना सुरू हुने गरी कार्यान्वयन थाल्न तयारी भएको हो ।

पूर्वतयारीको काममा ढिलाइ गर्दा समयमा आयोजना पुरा हुन कठिन हुने र त्यस्तो अवस्थामा खर्च हुन बाँकी अमेरिकी सरकारले दिएको एमसीसीको अनुदान बजेट समेत फिर्ता जाने जोखिम हुने एमसीए नेपालकै कतिपय अधिकारी बताउँछन् ...

समाचार स्रोत :