Follow us: Youtube Android App
औचित्यहीन बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम
५ जेठ २०८०

काठमाडौँ । विगत पाँच वर्षमा बेरोजगारको सूचीमा सूचीकृत करिब ४४ लाख बेरोजगारमध्ये करिब १५ प्रतिशतले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत औसतमा ५० दिनको रोजगारी प्राप्त गरेका छन् ।

सरकारले पाँच वर्षभित्र बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०७५-७६ देखि कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विगत पाँच वर्षमा ४३ लाख ७४ हजार ९९७ जना बेरोजगार सूचीकृत भएका थिए । जसमध्ये छ लाख ३९ हजार ३५४ जना अर्थात् १४ दशमलव ८३ प्रतिशतले मात्रै औसतमा ५० दिनको रोजगारी प्राप्त गरेका हुन् । उक्त कार्यक्रममार्फत सबैभन्दा कम दिन आर्थिक वर्ष २०७५-७६ मा १३ दिन र सबैभन्दा बढी दिन आर्थिक वर्ष २०७८-७९ मा ७८ दिनसम्म रोजगारी प्राप्त गरेको तथ्याङ्कले देखाउँछ ।

श्रमको क्षेत्रमा अनुसन्धान गर्दै आउनुुभएका रामेश्वर नेपालले आन्तरिक रोजगारीको सिर्जना गरेर बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने योजनालाई सरकारका जिम्मेवार निकायले ख्यालठट्टाको विषय बनाई पाँच आर्थिक वर्ष सकाएको बताउनुुभयो  ...

समाचार स्रोत :