काठमाडाैं। जतिसुकै अँध्यारो किन नहाेस् त्याे काहालीलाग्दाे अन्धकारबाट बच्न उज्यालोकाे एक झिल्काे नै काफी छुन्छ। मानवकाे उत्पति भएदेखि मानव निर्मित सबैभन्दा ठूलाे उपलब्धि नै बिजुली हाे। किनकि बिजुली बिना कुनैपनि प्रविधिकाे विकास सायद असम्भव नै छ हाेला। बिजुली निर्माणकाे कार्य कयौं प्राकृतिक स्राेतबाट गर्न सकिन्छ। तर सबैभन्दा सजिलाे जल स्राेत नै हाे।
विश्वमा धेरै इतिहास रचिँदै थिए। असम्भवहरू सम्भव हुँदै थिए। सन् १८७८ मा विश्वले एउटा इतिहास रचेकाे थियो, पहिलाे पटक जलविद्युतकाे स्पर्श गरेकाे थियो। त्यसकाे ठ्याक्कै २९ वर्षपछि नेपालमा एउटा इतिहासकाे यात्रा सुरु भयो। त्याे यात्रा थियो नेपालमा पनि जलविद्युत भित्र्याउने। तर कसरी?
चन्द्र ज्योति विद्युत गृह” : नेपालको पहिलो जलविद्युत केन्द्र
त्याे प्रश्नकाे जवाफ खाेज्न नेपालका तत्कालीन प्रधानमन्त्री महाराज चन्द्रशमशेर जबरा बेलायतको यात्रामा निस्किए। दुई महिनाको गहन अध्ययन पश्चात उनी त्यस प्रविधिलाई नेपाल भित्र्याउने र आफ्ना दरवारहरुलाई झिलिमिलि बनाउने दृढ संकल्पका साथ देश फर्किए ...