देशका कुनाकन्दरासम्म जोड्ने सडकको हविगत उस्तै छ। कुनै निर्माण सम्पन्न नभई अलपत्र छन्। कुनै विस्तारका नाममा भत्काइएका छन्। कुनैमा पिच थोत्रो भएर खाल्डै खाल्डा परेका छन्। सुक्खायाममा बुङबुङती धुलो र झरीमा हिलाम्य हुनु नौलो कुरै रहेन।
संघीय राजधानी काठमाडौं पुग्ने प्रायः सडक कि बिग्रिएका छन् कि त बिगारिएका। गण्डकीको प्रदेश राजधानी रहेको पोखरा पुग्ने सडकमार्ग छिचोल्नै हम्मेहम्मे पर्छ। लुम्बिनी प्रदेशको राजधानी बुटवल जाने नारायणघाट–बुटवल सडकखण्ड विस्तारको नाममा यात्रुले सास्ती खेपेको वर्षौं भइसक्यो।
यी त भद्रगोल सडकका उदाहरण मात्र हुन्। देशका कुनाकन्दरासम्म जोड्ने सडकको हविगत उस्तै छ। कुनै निर्माण सम्पन्न नभई अलपत्र छन्। कुनै विस्तारका नाममा भत्काइएका छन्। कुनैमा पिच थोत्रो भएर खाल्डै खाल्डा परेका छन्। सुक्खायाममा बुङबुङती धुलो र झरीमा हिलाम्य हुनु नौलो कुरै रहेन। यसकारण दुई–तीन घण्टाको यात्रा ९–१० घण्टासम्म लम्बिने गरेको छ ...