Follow us: Youtube Android App
मुग्लिन–मलेखु सडक विस्तार सुरु
२३ जेठ २०८०

चितवन, जेठ २३ गते । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्ड विस्तार सुरु भएको छ। छ महिनाअघि ठेक्का सम्झौता भए पनि सडक विस्तारको काम भने यही जेठ महिनाबाट मात्रै सुरु भएको हो।

नागढुङ्गा–मुग्लिन सडक आयोजना अन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डको स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ। सडकको दायाँबायाँ पर्खाल लगाउने, फराकिलो पार्न सीमा रेखा तयार पार्ने, सडक क्षेत्रमा परेका घर टहरा हटाउने काम भएको छ।

जेठको पहिलो साताबाट यस क्षेत्रको मलेखुबाट मुग्लिनतर्फ पनि डोजर लगाएर भित्तो काट्ने काम भर्खरै सुरु भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले जानकारी दिनुभयो।

“राजधानी काठमाडौँ जाने र बाहिरिने सवारीसाधनलाई असर नपर्ने गरी अहिले भित्ता काट्ने काम हुने छ। वर्षात्मा भित्ता काट्ने काम बन्द गरेर अन्य सीमा र पर्खाल लगाउने कार्य गरिने छ,” कार्कीले भन्नुभयो ...

समाचार स्रोत :