काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले थप ६ वटा सुरुङमार्ग अध्ययन गर्ने भएको छ । तर, जस्ता योजनाहरु सुरुङमार्गको अध्ययनका लागि छानिएका छन्, ती योजनाबारे सुनसाथ धेरैले सोच्ने प्रश्न हो, कुन नेताले योजना पारे ?
यसअघि सरकारले करिब डेढ दर्जन वटा सुरुङमार्गको अध्ययन गरिरहेकोमा अगामी आर्थिक वर्षमा थप ६ वटा सुरुङमार्ग अध्ययनको सूचीमा थपिएका छन् । तर, यसअघि अध्ययन सकिएका सुरुङमार्गको निर्माण अघि बढाउने सुरासार छैन भने केही सुरुङमार्गका योजनाबाटै नयाँ बजेट किताबबाट गायब छन् । यसले प्रायजसो सुरुङमार्गको अध्ययनको नाममा भ्रम छरेर भइरहेको राजनीतिलाई छर्लङ्ग पार्छ ।
सडक विभागका अनुसार आगामी बाग्लुङमा वर्ष बिहुँ–नरेठाँटी, इलाममा सुनमाइ–राजदेवल, दाङमा तुल्सीपुर–लुहाम सुरुङमार्ग, रारा राजमार्गमा ब्याउलीढुङ्गा–जुम्ला टोप्ला, अर्घाखाँचीमा पाणिनी–दुर्गा फाँटा सुरुङमार्ग र लमजुङमा बेशीशहर–नाल्मबेशी सुरुङमार्गको अध्ययन हुने भएका छन् ...