Follow us: Youtube Android App
कला-संस्कृति

[ Nov 13, 2020 ] भाइटीकाको लागि मंसिर एक अशुभ छ भन्ने भ्रममा नपरौं – पञ्चाङ्ग निर्णायक समिति

काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिले मंसिर १ भाइटीका लगाउन विभिन्न कारणले अशुभ रहेको भन्ने अफवाहको पछि नलाग्न आग्रह गरेको छ । समितिका सचिव सूर्य ढुंगेलले विभिन्न कारणले अशुभ योग परेको भनेर फैलाइएको सूचनामा कुनै सत्यता नरहेको स्पष्ट पारेका हुन् । मलमासका कारण…

[ Nov 12, 2020 ] आजदेखि यमपञ्चक (तिहार) शुरु, कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार बिहीबारदेखि (आज) शुरु हुँदैछ । बिहीबार (आज) बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको…

[ Nov 09, 2020 ] तिहारमा देउसीभैलो खेल्न निषेध

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले आसन्न तिहारमा देउसीभैलो खेल्न निषेध गरेको छ । कार्यालयका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जरुरी सूचना जारी गर्दै ‘देउसीभैलो जस्ता कार्यक्रमहरूको आयोजना नगर्नु, नगराउनु एवं भीडभाडजन्य गतिविधिहरू नगर्नु हुन’ जानकारी गराएका छन्…

[ Oct 30, 2020 ] आजदेखि बडादसैं समापन हुँदै, आकाशदीप दान शनिबारदेखि

काठमाडौं–धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादसैं समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ। शास्त्रनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम…

[ Oct 26, 2020 ] दसैंको टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा

काठमाडौं : दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ…

[ Oct 25, 2020 ] कोरोना कहरः महानवमीका दिन पनि खुलेन ऐतिहासिक तलेजु भवानीको द्वार

काठमाडौं । कोरोना भाइरसका कारण यस वर्षको दशैं नराम्ररी प्रभावित बनेको छ । जसको असर शक्तिपीठहरुमा पनि परेको छ । यसवर्ष देशभरका हिन्दू शक्तिपीठहरु बन्द नै रहे । यसैक्रममा वर्षमा एक दिन आश्विन शुक्ल नवमीका दिनमा मात्र खुल्ने काठमाडौं हनुमानढोका दरबारमा रहेको…

[ Oct 25, 2020 ] आज महानवमी, सिद्धिदात्रीको पूजा गरिँदै

काठमाडौँ — आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज दुर्गाभवानीको पूजा–आराधना गरी मनाइँदै छ । यस दिन नवदुर्गामध्ये विशेष गरी सिद्धिदात्रीको आह्वान गरिन्छ । महानवमीमा गरिने दुर्गापूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत…

[ Oct 24, 2020 ] दसैँको आठौँ दिन : दुर्गालाई शक्तिशाली बनाउने महाष्टमी

काठमाडौँ : आज दुर्गाभवानीको विशेष पूजाराधना गरी महाष्टमी पर्व मनाइदैछ। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व बडादसैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ। आजको दिन शास्त्रसम्मत…

[ Oct 23, 2020 ] आज फूलपाती भित्र्याइँदै, काठमाडौंमा हुने छैन तामझाम

काठमाडौं । आज बडा दशैंको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष…

[ Oct 17, 2020 ] बडादसैं सुरु : आज घटस्थापना ११:४६ मा

काठमाडौँ — प्रत्येक वर्ष असोज शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैं आजदेखि सुरु भएको छ ।  असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैंघरमा…

[ Oct 11, 2020 ] सरकारले जारी गर्‍याे चाडपर्व मनाउने मापदण्ड

काठमाडौं । सरकारले यो वर्षका चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा चाडपर्व मनाउनेहरुका लागि मापण्ड सार्वजनिक गरेको हो । सरकारले जारी गरेको मापण्ड पालना नगर्ने व्यक्तिलाई सरकारले संक्रामण रोग ऐन, २०२०…

[ Oct 09, 2020 ] यसपालि टीका थाप्न माइत-मावल र ससुराली जान नपाइने, जो जहाँ छ त्यहीँ दशैं !

देशमा कोरोना संक्रमणको आंकडा १ लाखनजिक पुग्दा सरकारले स्वास्थ्य प्रोटोकल कार्यान्वयनमा कडाइ गर्ने तयारी गरेको छ । बिहीवार साँझसम्मको तथ्यांक हेर्ने हो भने मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ छ । विशेषगरी काठमाडौं उपत्यकामा संक्रमण निकै तीव्र गतिमा…

[ Oct 07, 2020 ] सरकारको आग्रह– दसैँको आशिष अर्काे वर्षका लागि साँचेर राख्नुहोस्

सरकारले नजिकिँदै गरेको नेपालीहरूको महान् चाड दसैँमा लिइने आशीर्वाद अर्काे वर्षका लागि साँचेर राख्न आग्रह गरेको छ । कोरोनाको जोखिम उच्च रहेको र त्यसमा ज्येष्ठ नागरिक अझ बढी जोखिममा रहेको भन्दै आफूभन्दा ठूलाबाट दसैँमा लिइने आशिष अर्काे वर्षका लागि साँचेर राख्न आग्रह…