Follow us: Youtube Android App
विचार-अन्तरवार्ता

[ Sep 08, 2023 ] रुग्ण ठेक्का र आयोजनामा हस्तक्षेप सुरु गरिसकेका छौं

भौतिक पूर्वाधारको क्षेत्रमा मुलुकले फड्को मार्नु नसक्नुको कारण के हो ? भौतिक पूर्वाधारलाई पूर्वाधारको पनि पूर्वाधार भनिन्छ। भौतिक पूर्वाधार विकास र समृद्धिका आधार हुन्। सडक, पुल आदि बनाएपछि अर्थतन्त्रका अरू पाटोमा प्रगति हासिल हुन्छ। उत्पादन वृद्धिदेखि रोजगारी सिर्जनाको प्रमुख आधार नै भौतिक पूर्वाधार हुन्।

[ Aug 04, 2023 ] असंलग्न कूटनीतिले थलिएको सेना

सांसद स्वर्णिम वाग्ले र विमला राई (पौड्याल) ले नेपाली सेनाको संख्या कटौतीबारे अभिव्यक्ति दिएपछि यसले बहसलाई सघन बनाएको छ। कतिपयले यसलाई पूर्वाग्रही र सेनाको मनोबल गिराउने तथा कुत्सित स्वार्थले प्रेरित भनेका छन् भने कतिपयले उपयुक्त ठहर्‍याएका छन्। तर जिम्मेवार निकायमा रहेका बौद्धिक व्यक्तित्वहरूको टिप्पणीलाई शंका, प्रतिशोध र नियतसँग…

[ Jun 11, 2023 ] अबको भविष्य हाइड्रोजन ऊर्जाको

जीवाष्म इन्धनको बोलबाला क्रमशः सकिने दिन आउँदैछ। विश्वमा विद्युतीय सवारी साधनले बजार लिँदैछ। तर भविष्य भने हाइड्रोजन ऊर्जाको हो। भएको जीवाष्म इन्धन पेट्रोलको खानीको उत्खनन गर्ने ल्याकत नेपालसँग रहेन। तर हाइड्रोजनको मामलामा भने नेपाल सफल बन्न सक्छ। त्यो पनि हरित हाइड्रोजन। किनभने नेपालमा हाइड्रोजन उत्पादनका लागि जलविद्युत्को प्रयोग…

[ May 15, 2023 ] देश त पहिलेकै ठिक, कसैलाई मन परोस् कि नपरोस्

२०४६ अगाडि समाज सभ्य थियो। उत्पादन भब्य थियो। शिक्षा मर्यादित थियो। अर्थतन्त्र मजबुत थियो। भारा र पर्म चलेकै थियो। जांतो र घट्ट घुमेकै थिए। ढिकी र ओखल चलेकै थिए। गाह्रो र अफ्ट्यारो बाडेकै थिए। आफन्त भेट्दा हास्थे। छिमेकी भेट्दा हाल खबर सोध्थे।

[ Apr 13, 2023 ] औचित्यहीन विमानस्थलमा पैसा नउडाऊ

नेपालको पूर्वाधार विकास कतिसम्म हचुवाका भरमा भैरहेको छ भन्ने एउटा दृष्टान्त हो— अन्धाधुन्ध विमानस्थल निर्माण । स्थानीय आवश्यकता, प्रचुर सम्भाव्यता एवं तर्कसंगतिका आधारमा नभएर चुनावमा मत बटुल्न तथा सस्तो लोकप्रियता कमाउन मात्रै विमानस्थल बनाउने होडबाजी निरन्तर छ । यस्तो औचित्यहीन पूर्वाधार निर्माणले व्यर्थै बजेट मात्रै सकेको छ, देश…

[ Apr 11, 2023 ] दल मात्र होइन, राज्यकै अनुसन्धान अपरिहार्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले ‘स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउन’ भनी एक व्यवसायीसित २ करोड रुपैयाँ मागेको भनिएको अडियो बाहिरिएको छ, जसले सम्बन्धित सांसद, व्यापारी लगायत संवादमा मुछिएको पार्टीपंक्तिलाई मात्रै छानबिनको घेरामा तानेको छैन, उक्त नवस्थापित दलको आर्थिक जीवनमाथि…

[ Apr 01, 2023 ] ‘कांग्रेस नेतृत्वले देश निकालाको शैलीमा राखेपछि विकल्प खोजें’

काठमाडौँ — अर्थशास्त्र र विकाससम्बन्धी विषयका जानकार स्पष्ट वक्ता स्वर्णिम वाग्लेले ३० वर्षदेखि परोक्ष एवं १० वर्षयता प्रत्यक्ष रूपमा संलग्न रहेको पार्टी नेपाली कांग्रेस परित्याग गरे । आसन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ–१ बाट उम्मेदवार बन्ने उनको पछिल्लो घोषणाले नेपाली राजनीतिमा तरंग पैदा गरेको छ । नेपाली…

[ Mar 07, 2023 ] वित्तीय अपराधमा मुलुकको साख गिराउने राजनीति

वित्तीय अपराध नियन्त्रणका लागि समयमै कानुन नबनाएको र भैरहेको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन पनि नगरेका कारण विश्वजगत्मा नेपालको साख खस्कने जोखिम बढेको छ । सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) अन्तर्गतको एसिया–प्रशान्त…

[ Mar 02, 2023 ] नेपाली भान्सालाई भारतीय विषादीको ‘डम्पिङ साइट’ नबनाऊ

भारतीय तरकारीको विषादी जाँच्ने प्रस्ताव मन्त्रिपरिषद्ले फेरि रोक्नु दुर्भाग्यपूर्ण छ । नेपाली किसानहरू सहज बजार नपाएर सडकमै तरकारी फाल्न बाध्य भैरहँदा भारतीय तरकारीले भने विषादी परीक्षणबिनै निर्बाध पहुँच पाउनु आपत्तिजनक छ । यसबाट नेपाली किसानहरूको हित मात्र हरिएको छैन, आम उपभोक्ताको स्वास्थ्यमा पनि खेलबाड भैरहेको छ ।

[ Feb 28, 2023 ] ‘अपमानित भएर सरकारमा रहिरहनु सम्भव भएन’

काठमाडौँ — कांग्रेस र माओवादीसहित आठ दलको समीकरण बनेपछि एमाले सोमबार सरकारबाट बाहिरिएको छ । उपप्रधान र अर्थसहित आठ मन्त्रालय, प्रदेशमा चार मुख्यमन्त्रीसहित सत्तामा सामेल एमाले अब सरकारविरुद्ध राजनीतिक अभियान चलाउने तयारीमा लागेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल…

[ Feb 20, 2023 ] घट्दो वैदेशिक लगानीले देखाएको देशको हाल

नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढ्नुको सट्टा निरन्तर घटिरहनु निकै चिन्ताको विषय हो । यसले वर्तमान अर्थतन्त्रको अँध्यारो चेहरा मात्रै देखाएको छैन, देशको निकट आगत पनि सुखद नरहेको संकेत गरेको छ । पछिल्ला महिनाहरूमा विश्व आर्थिक मन्दीको…

[ Jan 04, 2023 ] 'तलब खुवाउने अवस्था छैन, भागबन्डाका लागि मन्त्रालय थप्ने ?'

संघीयता कार्यान्वयनमा गएपछि विगतमा केन्द्र सरकारमा निहित अधिकारको विकेन्द्रीकरण भएको छ । अधिकार तल्ला तहमा गएपछि संघमा सरकारको कार्यबोझ पनि घटेको छ । विज्ञहरू सम्मिलित विभिन्न आयोग र सुझाव समितिहरूले प्रशासनिक खर्च कम गर्न सरकारका संरचना र जनशक्ति घटाउन सुझाव दिँदै आएका छन् । तर, हालै बनेको सत्ता गठबन्धनमा भने भागबण्डा…

[ Dec 27, 2022 ] ‘हामीलाई बैठकमा बोलाएको भए यो दुर्घटना हुँदैनथ्यो’– महामन्त्री थापा

एमाले–माओवादीसहितको नयाँ सत्ता गठबन्धन अस्तित्वमा आएपछि नेपाली कांग्रेस सत्ताबाट बाहिरिएको छ । यसै सन्दर्भमा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँगको कुराकानी : संसद्को ठूलो दल भएर पनि प्रतिपक्षमा बस्ने स्थिति कसरी निर्माण भयो ? निर्वाचनअघि गठबन्धन गर्न हुन्न…