Follow us: Youtube Android App
आर्थिक-कर्पोरेट

[ Jan 26, 2022 ] ट्रान्सपरेन्सीको प्रतिवेदन २०२१- नेपालमा भ्रष्टाचार निरन्तर

काठमाडौँ — नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासनको स्थिति निरन्तर नाजुक देखिएको छ । भ्रष्टाचारविरुद्ध काम गर्ने अन्तर्राष्ट्र्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको सर्वेक्षणमा नेपालको स्थिति गत वर्षहरूमा जस्तै कमजोर देखिएको हो । डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्डले ८८…

[ Jan 25, 2022 ] उद्योगीहरुलाई प्रधानमन्त्रीको आग्रहः मल कारखाना खोल्नुस्, सरकारले सहयोग गर्छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका हुन् । उनले उद्योगी, व्यवसायीहरुले मल कारखाना स्थापना गरेमा…

[ Jan 25, 2022 ] अनलाइनबाट डलर कारोबार गर्ने खड्का परिवारविरुद्ध साढे ३७ करोड बिगो दाबीसहित मुद्दा

अनलाइनबाट डलर कारोबार गर्ने दिनेश खड्का र उनका आफन्तविरुद्ध ३७ करोड ६४ लाख बिगो दाबीसहित मुद्दा दायर भएको छ।   राजस्व अनुसन्धान विभागले अवैध रुपमा अनलाइनबाट डलरको कारोबार गर्दै आएको फेला पारेपछि आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर…

[ Jan 23, 2022 ] ६ महिनामै १० खर्बको आयात, व्यापार घाटा ८ खर्ब ८० अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामै वस्तु आयातको आंकडा १० खर्ब नजिकै पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन-पुससम्म कुल ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

[ Jan 22, 2022 ] अर्थतन्त्रका समस्या छोपछाप पार्दै प्रधानमन्त्री

काठमाडौं । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा अर्को निरस सम्बोधन गरे । महामारीको बीचमा जनतामा उत्साह छर्ने गरी आउने अपेक्षा गरिए पनि प्रधानमन्त्री देउवाले यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीमा पट्यारलाग्दो किसिमले आफ्नो सरकारको ‘महिमा गान’ मात्रै गाए , भविष्यप्रति आशा पनि जगाएनन् ।

[ Jan 21, 2022 ] महामारीमा सिटामोलको हाहाकार गराएर मूल्य बढाउने उत्पादकको चलखेल

ललितपुरको इजी फर्माका फर्मासिस्ष्ट मेनकुमार घोराथोकीले विगत एक सातादेखि सिटामोल बिक्री गर्न पाएका छैनन् । कोरोना सङ्क्रमण बढिरहेका कारण धेरै उपभोक्ता सिटामोल खोज्दै आउने गरेका छन् ।  औषधीको होलसेल बिक्रेतासँग पनि सिटामोल नभएको उनले बताए । घोराथोकीले भने–‘हामीले…

[ Jan 19, 2022 ] कोरोनाभाइरसको महामारीबीच निगमले बढायो इन्धनको मूल्य

कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको…

[ Jan 19, 2022 ] सरकारले निजी क्षेत्रलाई भन्यो- आर्थिक गतिविधिमा प्रतिवन्ध लाग्दैन

काठमाडौं । कोभिड १९ को महामारीको तेस्रो लहर फैलिएसँगै यसले अर्थतन्त्रमा पार्न सक्ने सम्भावित जोखिमबारे अर्थ मन्त्रालयले निजी क्षेत्रसँग छलफल गरेको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्मा तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश…

[ Jan 19, 2022 ] मास्क नलगाई हिँड्नेलाई १०० रुपैयाँ जरिवाना

काठमाडौं । मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई १०० रुपैयाँ जरिवाना गराउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंको टोलीले बुधबारसुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरुलाई जनही १०० रुपैयाँका दरले जरिवााना तिराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी…

[ Jan 14, 2022 ] यस्तो छ चुच्चे नक्सा अंकित २ रुपैयाँको नयाँ सिक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको चुच्चे नक्सा अंकित २ रुपैयाँको नयाँ सिक्का आजबाट चलनचल्तीमा ल्याएको छ । लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सासहित सिक्का जारी भएको यो पहिलोपटक हो । सिक्काको अग्रभागमा सात…

[ Jan 14, 2022 ] अर्थतन्त्र हालसम्मकै उच्च घाटामा

काठमाडौँ — मुलुकको अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा पुगेका छन् । मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था देखाउने शोधनान्तर हालसम्मकै उच्च घाटामा पुगेको छ । विदेशी मुद्रा सञ्चिति पौने दुई खर्ब रुपैयाँले कमी आएको छ । मूल्यवृद्धि पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । रेमिट्यान्स लगातार घटिरहेको…

[ Jan 13, 2022 ] डेढ खर्बको सिमेन्ट निर्यात गर्नसक्ने उद्योगीको दाबी, ३ प्रतिशत अनुदान माग

नेपाल सिमेन्टमा आत्मनिर्भर भएसँगै निर्यातको लागि सहज वातावरण बनाउन व्यवसायीले माग गरेका छन्। सरकारले निर्यातको वातावरण बनाए १ खर्ब ५० अर्ब रुपैयाँको सिमेन्ट निर्यात गर्न सकिने उनीहरुले बताएका हुन्। हरेक वर्ष नयाँ उद्योग थप हुँदै जाँदा…

[ Jan 13, 2022 ] ५ महिनामा भौतिक मन्त्रालयकै बजेट खर्च ८.२६% मात्रै

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/७९ को ५ महिनामा कुल बजेटको ८.२६ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । सबैभन्दा धेरै विकास निर्माणका काम हुने मन्त्रालयकै खर्च प्रगति निकै कम देखिएको हो । मन्त्रालयका अनुसार कुल विनियोजित १ खर्ब ५६ अर्ब २५ करोड…