Follow us: Youtube Android App
बैङ्किङ-शेयर

[ Aug 08, 2022 ] सहकारीमा पैसा अभाव: एकपटकमा ५ प्रतिशत मात्रै निकाल्न पाइने

तरलताको समस्या देखिएपछि सहकारी संस्थाका सदस्य बचतकर्ताले एकपटकमा ५ प्रतिशत मात्रै रकम निकाल्न पाउने भएका छन्। सहकारीमा राखेको बचत सबै सदस्यले एकैपटक फिर्ता माग गर्दा भुक्तानी प्रक्रियामा असन्तुलन हुने भन्दै सहकारीहरूका छाता संस्थाले यस्तो आह्वान गरेका हुन्।  

[ Aug 07, 2022 ] नेपाल बैंकका म्यानेजर ५० लाख लिएर बेपत्ता, परिवार र बैंक दुवै प्रहरीमा

रुपन्देही । नेपाल बैंक लिमिटेड बर्दिया गुलरिया शाखाका प्रबन्धक धबेन्द्र न्यौपानेले रकम हिनामिना गरी सम्पर्कविहीन भएपछि केन्द्रीय कार्यालयले उनलाई निलम्बन गरी छानबिन प्रक्रियालाई अगाडि बढाएको छ । प्रारम्भिक आंकलनअनुसार बैंकमा खाता रहेका विभिन्न व्यक्तिको नामबाट रकम निकालेर श्रीमतीको…

[ Aug 07, 2022 ] नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आइतबार बजार परिसूचक नेप्से १०.२७ अंक (०.४९ प्रतिशत) ले बढेर २१२३.८२ अंकमा बन्द भएको छ । जीवन बीमाबाहेक सबै उपसूचकमा वृद्धि हुँदा आइतबार…

[ Aug 01, 2022 ] बर्दिबासस्थित सिद्धार्थ बैंक रहेको भवनमा आगलागी

महोत्तरीको बर्दिवास बजारमा अवस्थित सिद्धार्थ बैंकको शाखा कार्यालयमा सोमबार दिउँसो आगलागी भएको छ। केहीबेर अघिबाट सिद्धार्थ बैंकको शाखा कार्यालय रहेको तीन तले भवनमा आगलागी भएको हो। स्थानीयका अनुसार भवनको सबैभन्दा माथिल्लो तलामा अवस्थित जिम हलबाट आगो फैलिएको हो।

[ Jul 31, 2022 ] महिनैपिच्छे ब्याज परिवर्तन माग्दै बैंकहरू राष्ट्र बैंक पुगे

काठमाडौँ — आधार दरमा आएको परिवर्तनअनुसार हरेक महिना ऋणको ब्याजदर परिवर्तन गर्न पाउनुपर्ने मागसहित वाणिज्य बैंकहरू राष्ट्र बैंक पुगेका छन् । आधार दरमा भएको घटबढअनुसार हरेक तीन महिनामा मात्र ऋणको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था संशोधन गरी एक महिना बनाउनुपर्ने माग गर्दै बैंकहरू राष्ट्र बैंक पुगेका हुन् ।

[ Jul 29, 2022 ] धितोपत्र बोर्डका नीति तथा कार्यक्रम पुरानै

काठमाडौं : नेपाल धितोपत्र बोर्डले २०७९/०८० मा पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ। नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डका अध्यक्ष रमेशकुमार हमालले अधिकांश पुराना कार्यक्रमलाई समेटिएको बताए। २०७८/०७९ का नीति तथा कार्यक्रम कार्यान्वयन नभएकाले निरन्तरता दिइएको बोर्डले जनाएको छ। ‘केही सुधारका कार्यक्रम पनि ल्याइएको छ, धेरैजसो पुरानै कार्यक्रम छन्’…

[ Jul 28, 2022 ] १५.४४ अंकले बढ्यो नेप्से, ४ अर्ब ९७ करोडको कारोबार

काठमाडौं । बिहीबार सेयर बजार नेप्से १५.४४ अंकले बढेको छ । मंगलबार घटेको बजार बुधबार र बिहीबार भने लगातार बढेको हो । बिहीबार बजार २१२७.४२ बिन्दुमा पुगेर रोकिएको छ । यस दिन कुल २२१ कम्पनीको ७२ हजार ४५० वटा कारोबारबाट १ करोड १९ लाख ५५ हजार ७६ कित्ता…

[ Jul 13, 2022 ] मौद्रिक नीति कसिलो कि खुकुलो?

नेपाल राष्ट्र बैंकले तयारी अन्तिम चरणमा पु¥याउँदै गर्दा आगामी मौद्रिक नीतिबारे सर्वत्र चासो बढेको छ। दक्षिण एसियाली देश श्रीलंकामा विदेशी मुद्रा सञ्चितिमा आएको ह्रासबाट चुलिएको आर्थिक संकटले गहिरो राजनीतिक संकट निम्तिएको नेतादेखि सर्वसाधारणसम्म र अर्थशास्त्रीदेखि बौद्धिक जमातसम्मले देखेका छन्। यही कारण अर्थतन्त्रलाई…

[ Jul 10, 2022 ] कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो

बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याज तोकिएको समयमै भुक्तानी नगरेका कारण कालो सूचीमा पर्ने व्यापारीको संख्या बर्सेनि बढ्दो छ । चालू आर्थिक वर्ष २०७८/७९ मा मात्र कालोसूचीमा पर्नेको संख्या १३ हजार नाघेको छ । कर्जा सूचना केन्द्रका अनुसार चालू आवको २३ असारसम्ममा कालो सूचीमा पर्नेको…

[ Jul 09, 2022 ] १८ करोड हिनामिना गर्ने ३३ दोषी ठहर

दाङ :  देव विकास बैंकको १८ करोड हिनामिना मुद्दाको अदालतले किनारा लगाएको छ। देव विकास बैंक नारायणपुर शाखामा भएको हिनामिना प्रकरणमा उच्च अदालत तुलसीपुरले अन्तिम फैसला सुनाएको हो।  ५६ जना प्रतिवादीमध्ये ३३ जनालाई जरिवाना र कैद सजाय तोकिएको छ। मुख्य न्यायाधीश नीता दीक्षित गौतम र न्यायाधीश राजुराम सिलवालको…

[ Jul 05, 2022 ] नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, ४६ अंकले घट्याे बजार

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४६.०८ अङ्कले ओरालो लागेर दुई हजार ३०.५९ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर…

[ Jun 24, 2022 ] सेयर मूल्य घटेपछि ऋणीमाथि बैंकको दबाब

काठमाडौँ — सेयर बजार निरन्तर घट्दा तनावमा भएका लगानीकर्तामाथि बैंकले पनि दबाब दिन थालेका छन् । सेयरको तत्कालीन मूल्यांकनका आधारमा जारी भएको कर्जालाई परिवर्तित मूल्यले नथेग्ने भएपछि अपुग रकम तिर्न बैंकहरूले ताकेता गरेका हुन् । धितोमा रहेको सेयरको…

[ Jun 20, 2022 ] श्रम सहकारीले ठेकेदार जन्माउँछ : डा. खतिवडा

काभ्रे : पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले श्रम सहकारीको प्रावधानले मिनी ठेकेदार जन्माउने बताएका छन्। श्रम सहकारीको अवधारणा ठेकेदार प्रवृत्तिमा आएकोले यो अभियान विपरित हुने उनको भनाई छ। बजेटले श्रम सहकारीमार्फत १० करोड सम्मको ठेक्का लिन पाउने व्यवस्थाले सहकारी…