Follow us: Youtube Android App
विकास-निर्माण

[ Apr 16, 2021 ] ११ अर्ब ६० करोड बजेट, नौ महिनामा २९ करोड मात्रै खर्च

काठमाडौं । सरकारले रोजगारी सिर्जना गर्ने प्रमुख कार्यक्रम भन्दै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम चालु आर्थिक वर्ष २०७७/७८ मा पनि कार्यान्वयनको अवस्था फितलो देखिएको छ । कार्यक्रम अन्तर्गतका आयोजना स्थानीय सरकारले समयमै नगरेका कारण ११ अर्ब ६० करोड…

[ Apr 14, 2021 ] वैशाख ११ गते धरहरा टावरको उद्घाटन गरिने

काठमाडौँ । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेकाले यही वैशाख ११ गते उद्घाटन गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भएको जानकारी दिनुभयो । विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त…

[ Apr 08, 2021 ] चट्टानी भाग बनाउन सेनालाई दिनुपर्छ

हुम्ला । कर्णाली करिडोरको हुम्ला खण्डको चट्टानी भाग छारे क्षेत्रको सडक निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिन हुम्लाका जनप्रतिनिधिहरूले सङ्घीय सरकारसँंग माग गरेका छन् । निर्माण व्यवसायीबाट काम गर्दा ढिलो हुने निष्कर्षसँगै सेनाको जिम्मा दिन हुम्लाका जनप्रतिनिधिहरूले माग गर्नुभएको हो ।

[ Apr 08, 2021 ] मेलम्चीको उल्लासमा बिर्सिइएका अनुहार

काठमाडौँ l मेलम्चीको मुहान भएको हेलम्बु गाउँपालिका–१, अम्बाथानको १७ नम्बर गेट गत असार ३० मा फुट्दा पानीले इन्जिनियर सतीश गोइत र सवारी चालक राधाकृष्ण थापामगरलाई बगायो । यो घटनाको आठ महिना २० दिनपछि गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको उद्घाटन गरिन् ।

[ Apr 05, 2021 ] मेलम्चीको पानी : पुरानो वितरण प्रणालीले थेग्नै सकस

काठमाडौं। शनिबार दिउँसोको दृश्य हो– त्यागलबाट ग्वार्कोतर्फ झर्ने सडकमा कोही सडकमै गलैंचा पखालिरहेका, कोही सडकमै राखेर कपडा धुन व्यस्त थिए। त्यसरी सडकमै लुगा–कपडा र गलैंचा धुने अवसर भने पाइप फुटेर सडकभरि बगिरहेको मेलम्चीको पानीले जुराइदिएको थियो ।

[ Apr 04, 2021 ] देशभरका सडक निर्माणका लागि गुरु योजना तयार गर्न मन्त्री नेम्बाङको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले देशभरका सडक पूर्वाधार निर्माणका लागि गुरु योजना तयार गर्न मातहतका निकायहरुलाई निर्देशन दिनुभएको छ । मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री नेम्बाङले कुनै एउटा सडकको…

[ Apr 04, 2021 ] प्रतिस्पर्धाबिना ५० लाखको ठेक्का, छानबिनका लागि अख्तियारलाई ध्यानाकर्षण

बारा l निर्माण व्यवसायी र पालिकाका प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा प्रतिस्पर्धाबिना ५० लाख रुपैयाँको ठेक्का दिइएको पाइएको छ । सुवर्ण गाउँपालिका–४ मा रहेको नेरामावि औरैया हर्दियाको विद्यालय भवन निर्माणको ठेक्का मिलेमतोमा दिइएको हो । गत फागुन २५ मा कलैया–४ को जनक कन्स्ट्रक्सनलाई मिलेमतोमा ठेक्का दिएर अनियमितता गरिएको बताइएको…

[ Apr 03, 2021 ] सुरु भयो खुमलटारमा आईटी पार्क बनाउने काम

काठमाडौं । सरकारले ललितपुरस्थित खुमलटारमा निर्माण गर्न लागेको आईटी पार्कको काम अगाडि बढ्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतकाे सूचना प्रविधि विभागले हालै पार्कको सीमा पर्खाल निर्माणका लागि हिमानी/काव्या कस्ट्रक्सनलाई ठेक्का दिने निर्णय गरेको छ ।

[ Apr 03, 2021 ] प्रधानमन्त्रीले बालुवाटारबाट १६५ वटा सडक शिलान्यास गर्दै

काठमाडौं । शनिबार एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विहान ११ बजे बालुवाटारस्थित निवासबाटै सडक शिलान्यास गर्न लागेका हुन् । हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गर्न…

[ Mar 23, 2021 ] साँघुरा घरमा संरचना थप्न पाइने

काठमाडौँ — भूकम्पपछि ढुंगामाटोबाट बनेका घरमा कोठा तथा तला थप्न मिल्ने गरी कार्यविधि बनाइएको छ । मापदण्डअनुसार बनाइएका सुरक्षित घरमा अव्यवस्थित रूपमा कोठा र तला थप्न थालिएपछि कार्यविधि बनाएर व्यवस्थित गर्न खोजिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

[ Mar 09, 2021 ] रेलमार्गको अध्ययनमा छिमेकीको भर पर्दा अन्योल

काठमाडौं । सरकारले दुई छिमेकी देशसँग जोडिने प्रस्तावित अन्तरदेशीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम उनीहरुकै जिम्मामा छाडेको छ । आफ्नै खर्चमा हुनसक्ने डीपीआरमा समेत अरुको भर पर्दा काममा ढिलाइ भएको छ । यसले भविष्यमा प्राविधिक, भू–राजनीतिक र अन्य उल्झन आइपर्न सक्ने विज्ञहरु बताउँछन् ।

[ Mar 07, 2021 ] नारायणगढ-मुग्लिन सडक आजदेखि एक सातासम्म दिउँसो बन्द हुने

भरतपुर । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ-मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ-मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै…

[ Mar 06, 2021 ] सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको छ । यो पानी अहिले…