Follow us: Youtube Android App
पुरानो नक्शा भएका पुस्तकलाई तुरुन्तै सच्याउने, नयाँ नक्शासहितको पुस्तक छाप्ने निर्णय
२८ जेठ २०७८

काठमाडौं । पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिकोे बैठकले कालापानी लिम्पियाधुरा क्षेत्रको भू–भाग नसमेटि प्रकाशन भएका पुस्तकलाई तुरुन्तै सच्याउने निर्णय गरेको छ ।

अब चुच्चे नक्शा नभएको पृष्ठलाई नयाँ चुच्चे नक्शासहित छापेर बिक्रेतामार्फत विद्यालयमा पुर्‍याएपछि शिक्षकले सो पृष्ठ प्रतिस्थापन गर्न लगाउने छन् ।

सरकारी तथा निजी प्रकाशन गृहका पुस्तकका पुरानो नक्शालाई प्रतिस्थापन गरिने छ ।

पुस्तक बजारमा गइसकेको र नयाँ पुस्तक छाप्दा लागत बढ्ने तथा एक पृष्ठले गर्दा पुरै पुस्तक खेर फाल्नु भन्दा गल्ती छापिएको पृष्ठ मात्र सुधार गर्ने निर्णय गरिएको जनक शिक्षा सामग्री केन्द्रका प्रबन्धक अनिल झाले जानकारी दिनुभयो ...

समाचार स्रोत :