Follow us: Youtube Android App
शिक्षणसँगै व्यावसायिक कृषिमा
२८ असार २०७८

मुगु l जिल्लाको पश्चिम क्षेत्रमा रहेको खत्याड गाउँपालिका—१० ह्यागुल गाउँमा रहेको महाकाली माविका शिक्षक चन्दबहादुर रोकाया व्यावसायिक खेतीमा लागेका छन्।

शिक्षण पेसासँगै गाउँमै  व्यावसाहिक अनारसहित अन्य फलफूल तथा तरकारी खेती थालेका छन्। गाउँ नजिकको विद्यालयमा शिक्षण पेसा गरेका शिक्षक रोकायाले मूल घरभन्दा आधा घण्टा टाढा रहेको हबघर गुयाला भन्ने स्थानमा रहेको आफ्नो सात हजार वर्ग क्षेत्रफलमा फैलिएको जग्गामा  व्यावसायिक अनार, केरा, कागतीलगायत अन्य फलफूलसहित तरकारी खेती तथा पशुपालन गर्दै खत्याड गाउँपालिकाभरिकै नमुना कृषक हुन थालेका हुन्।

दिनभर विद्यालयमा व्यस्त रोकाया फुर्सदको समयमा गाउँमै किरान र फैन्सी पसल सञ्चालन गरेका थिए। पसलमा सबै उधारो जाँदै रकम उठाउन गाह्रो  भएपछि  पसलको व्यवसाय छोडेर उनले  पाँच वर्षदेखि  विद्यालय पछिको  फुर्सदको समय  फलफूल खेती  गर्ने गरेका छन्। अहिले उनको जग्गामा फल दिने दुई सय ५० अनारको बोट छन्। नर्सरीमा दुई हजारभन्दा बढी अनारका बिरुवा छन्।  स्थानीय जातका केरा कागतीले पनि फल दिन थालेका छन्। परीक्षणका लागी आँप, लिची अगुंर, ड्रागन, उखु, किबीसमेत रोपेका छन्। खाली जग्गामा प्याज, लसुन, खुर्सानी, टमाटर काउलीलगायतका तरकारी लगाउछन्। सँगै कुखुरा बाख्रा र एक भैंसीसमेत पालेका रोकायाले तरकारी तथा फलफूलले बजार नपाउँदा दुःख गरेर उत्पादन गरेका वस्तु खेर जाँदा भने दुःख मानेका छन् ...

समाचार स्रोत :