Follow us: Youtube Android App
पशुपतिनाथको जलहरी खरीदबारे अख्तियारले थाल्यो छानबिन
२५ असार २०७८

काठमाडौं । पशुपतिनाथको जलहरी खरीद प्रक्रियाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । गत फागुन ११ गते विरोधका बीच पशुपतिमा राखिएको सुनको जलहरी खरीद प्रक्रियामा अनियमितता भएको भन्दै परेको उजुरीमाथि छानबिन शुरु गरेको अख्तियार स्रोतले जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पनि जलहरी खरीद प्रक्रियामा अख्तियारले चासो देखाएको स्वीकार गरेका छन् । अनलाइनखबरसँग शुक्रबार कुराकानी गर्दै डा. ढकालले यो दुई सरकारी कार्यालयबीचको नियमित प्रक्रिया रहेको भन्दै अनियमितताको आरोपमा छानबिन नगरेको बताए । कुनै पनि खरीद प्रक्रिया कसरी भयो भनेर बुझ्नु अनौठो विषय नरहेको भन्दै ढकालले ‘सुनको जलहरीको खरीद प्रक्रियाको बारेमा पनि अख्तियारले सामान्य सोधपुछ गरेको हो, उहाँहरुले त्यो खरीद प्रक्रिया कस्तो रहेछ भनेर चासो दिनुभएको हो ।’

त्यसो त फागुनमा राखेको सुनको जलहरीमा क्षति पुगेपछि रातारात मर्मत गर्न लागेको आरोप स्थानीयले लगाएका छन् । पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष समेत रहेका स्थानीय नरोत्तम वैद्यले हतारमा राखेको सुनको जलहरीमा क्षति पुग्दा मूलभट्टलाई क्षति समेत पुगेको भन्ने जानकारी आफूलाई आएको बताए । आफ्नो कमजोरी छोप्न कोषले कोभिडका कारण मन्दिर बन्द भएको बेला रातारात मर्मत गर्ने तयारी गरेको आरोप वैद्यले लगाए ...

समाचार स्रोत :