Follow us: Youtube Android App
भारतमै कोरोना संक्रमण पुष्टि भएका पुरुषको दैलेखमा मृत्यु
५ बैशाख २०७८

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट दैलेखका एक पुरुषको मृत्यु भएको छ । दुल्लु नगरपालिका–२ का ३८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले जानकारी दिए ।

उनी १५ दिनअघि भारतबाट फर्किएका थिए । रेग्मीका अनुसार उनलाई कोरोना संक्रमण भएको पुष्टि भारतमै भएको थियो । तर ढाँटेर आएको पाइएको छ । ‘गाउँ आउँदा कागजात च्यातेर फर्किएका रहेछन्,’ फोकल पर्सन रेग्मीले भने, ‘नेपालगञ्ज नाकामा बुझ्दा कोरोना संक्रमित भएको रेकर्ड देखियो ।’

नेपालगञ्जमा रहँदा गम्भीर बिरामी भएपछि उनलाई उपचारका लागि शनिबार दुल्लु अस्पताल, दैलेख पुर्‍याइएको थियो ...

समाचार स्रोत :