Follow us: Youtube Android App
स्वास्थ्य संकटकाल लगाउने तयारी, केही समय देशैभर लकडाउन
२९ बैशाख २०७८

काठमाडौं l कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल लगाउन तयारी गरेको छ।

कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा तथा अन्य कदम चाल्न विज्ञको सुझाव आएपछि सीसीएमसीमार्फत मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए। त्रिपाठीका अनुसार प्रस्तावमा स्वास्थ्य संकटकाल घोषणा गरी केही समयका लागि देशैभर लकडाउन गर्ने उल्लेख छ।

‘अहिलेको स्थिति हेर्दा केही कठोर निर्णय गर्नुपर्ने भएको छ, अन्यथा नसकिने भनेर विज्ञहरूले सुझाव दिएका छन्,’ मन्त्री त्रिपाठीले भने ...

समाचार स्रोत :