Follow us: Youtube Android App
कञ्चनपुरमा इन्स्पेक्टर र जवानबीच विवाद, पत्रकारलाई साइबर अपराधको मुद्दा
२८ माघ २०८०

काठमाडौं । अघिल्लो साताको सोमबार पूर्वप्रहरी जवान राजेन्द्र नाथको एउटा भिडियो सार्वजनिक भयो, जसमा उनले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकी प्रहरी निरीक्षक बिनु शाहीबाट आफूले यातना पाएको दाबी गरेका छन् ।

मुद्दा फाँटमा कार्यरत शाहीकै यातनाका कारण आफू जागिरबाट राजीनामा दिन बाध्य भएको समेत उनले दाबी गरेका छन् ।

‘एक महिनाअघि विदा थप गरिदिन भन्दै म जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर गएको थिएँ, भित्र अरु प्रहरी कर्मचारीसँग बसेको बेला मलाई झ्यापझुप समातेर थुन्यो’, नाथले भनेका छन्, ‘त्यसपछि थुन्दे भन्दै तीन दिनसम्म हिरासतमा राखियो ।’

नाथको भनाइमा, उनलाई तीन दिन हिरासतमा राख्दा पक्राउ पूर्जी समेत दिइएको थिएन । त्यतिबेला आफूलाई थुनुवालाई गुट्खा दिन आएको भन्ने आरोपमा नियन्त्रणमा लिइएको उनको दाबी छ ...

समाचार स्रोत :