Follow us: Youtube Android App
सुदूरपश्चिम फेरि जोखिममा
५ बैशाख २०७८

काठमाडौँ l भारतबाट फर्किरहेका नेपालीमा दिनहुँ संक्रमण देखिन थालेपछि सुदूरपश्चिममा फेरि कोरोनाको त्रास बढेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चैत १ देखि १५ सम्म १५ जना मात्रै संक्रमित थिए, त्यसयता संक्रमण निकै बढेको छ ।

सुदूरपश्चिमका चार सीमानाकामा गरिएको परीक्षणमा थप ७ सय २४ जना संक्रमित फेला परेका छन् । हालसम्म भारतबाट कैलालीको गौरीफन्टा नाका भएर भित्रिएका ९ हजार ३ सय ५५ जनाको एन्टीजेन परीक्षणमा ६ सय २ जनामा संक्रमण देखिएको छ । कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएका ३ हजार १ सय २३ जनाको परीक्षणमा १ सय ८ जना संक्रमित फेला परेका छन् । बैतडीको झुलाघाट भएर भित्रिएका ४ सय ४० जनामध्ये १४ जना संक्रमित भेटिएका छन् । ‘भारतबाट भित्रिनेको संख्या बढेसँगै जोखिम थपियो,’ प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘नाकाबाट भित्रिनेहरूमा गरिएको एन्टिजेन परीक्षणमा संक्रमितको संख्या बढी छ । सोमबार मृत्यु भएका युवक पनि भारतबाट फर्केका थिए ।’

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख ललितबहादुर धामीले सुरुको एक साता सबैको एन्टीजेन परीक्षण गरिए पनि भित्रिनेको संख्या बढेपछि समूहमा मात्रै गरिन थालेको बताए । उनका अनुसार किट अभाव भएकाले शंकास्पद र भारतको हटस्पटबाट आएकाहरूको समूहबाट एन्टिजेन परीक्षण गर्न सुरु गरिएको छ । भारतबाट आउनेलाई धनगढी उपमहानगरपालिकाको कनरी आइसोलेसन केन्द्रमा राख्ने गरिएको छ ...

समाचार स्रोत :