Follow us: Youtube Android App
मोतिपुर औद्योगिक करिडोरको जग्गामा बसेकालाई बिहानै लखेट्यो प्रहरीले
५ बैशाख २०७८

रुपन्देहीको मोतिपुर औद्योगिक करिडोरको जग्गा ‘कब्जा गरी’ बसेकाहरूलाई प्रहरीले हटाएको छ।

शनिबार साँझ सयौंको संख्यामा औद्योगिक करिडोरको जग्गा कब्जा गरेर बसेकालाई आइतबार बिहानै प्रहरीले लखेटेको हो।

बुटवलको नयाँगाउँ, बेलवास, गोलपार्क, बुद्धनगर, मजुवा, दिपनगरलगायतका स्थानबाट गएका पाँच सयभन्दा बढी व्यक्तिहरुले बुटवल उपमहानगरपालिका वडा नम्बर १७ रानिगन्जस्थित औद्योगिक करिडोरको बि-ब्लकको जग्गामा चुना र डोरीले घेरा हालेर प्लटिङ गरेका थिए ...

समाचार स्रोत :