Follow us: Youtube Android App
दलित बस्ती नै साहूको नाममा
२६ जेठ २०७८

गोरखा l गोरखा नगरपालिका–६ ढाँडगाउँका मनबहादुर गुरुङ गत फागुन २४ गते बसाईसराइको प्रमाणपत्र बनाउन पुरानो थलो मुच्चोक जानुपर्ने भयो। तर, बाटो खर्च नभएपछि गुरुङले स्थानीय चिनीमाया कुँवरलाई ३ हजार रुपैयाँ सापट मागे। त्यसबापत उनले श्रीमती कृष्णदेवी विकको नाममा रहेको लालपुर्जा बन्धक राख्नुपर्‍यो।

सोही ठाउँका कुलबहादुर विकलाई भूकम्पमा भत्किएको घर बनाउँदा–बनाउँदै शौचालय बनाउन पैसा पुगेन। लालपुर्जा राखेर ३६ प्रतिशत ब्याजमा ऋण लगानी गर्दै आएका बुङ्कोट घर भई हरमटारी बस्ने पूर्णकुमार श्रेष्ठसँग ५० हजार रुपैयाँ सापट लिए। त्यसबापत कुलबहादुरले श्रेष्ठलाई एक कित्ता जग्गा मालपोतमा गई राजीनामा पास गरेर दिएका छन्।

‘सावाँ ब्याज तिरिसकेपछि लालपुर्जा फिर्ता दिन्छु भनेको छ’, कुलबहादुर भन्छन्, ‘अब ९ हजार मात्र तिर्न बाँकी छ। अस्ति बल्लतल्ल ७ हजार रुपैयाँ पुर्‍याएर तिर्न गएको, अपूरो लिन मानेन। सप्पै एकैचोटी तिरे मात्र लिन्छु भन्यो।’ ५० हजार रुपैयाँको सावाँ ब्याज गरेर तीन वर्षमा डेढ लाख तिरेको उनी सुनाउँछन् ...

समाचार स्रोत :