Follow us: Youtube Android App
अन्‍न छैन : छाक टार्न गिट्ठा, भ्याकुर
२७ जेठ २०७८

चितवन l ६० वर्षीय कृष्णबहादुर चेपाङ निषेधाज्ञाका कारण मजदुरी गर्न नपाएपछि बिहान गिट्ठा खोज्न जंगलतिर जान्छन्। बूढाबूढीको छाक गिट्ठाकै भरमा टरिरहेको छ। घरमा अन्न नहुँदा कालिका नगरपालिका–११ बन्दिपुरे टोलका चेपाङको दैनिकी गिट्ठा, भ्याकुर खोजेर बित्ने गरेको छ।

‘घरमा चामल छैन, माग्न जाऊँ साहुले पत्याउँदैनन्’, उनी भन्छन्, ‘गिट्ठा, भ्याकुरले छाक टार्ने हो। यो पनि धेरै खाए जिब्रो बाक्लो हुन्छ। बाध्यताले खान परेको छ।’

यहाँका बासिन्दालाई हिजोआज गिट्ठाकै चिन्ता छ। काम गरेर कमाउन नपाएको र घरमा खानेकुरा सकिएकाले छाक टार्न उनीहरूले गिट्ठा, भ्याकुर खोज्न दिनहुँ जंगल चहार्ने गरेका छन्। पैसो कमाउन सहरमा गएकाहरू अहिले घरमै बसेका छन्। काम गर्न जान नपाउँदा भोकै परिने डर पनि उनीहरुमा छ...

समाचार स्रोत :