Follow us: Youtube Android App
अन्तरजातीय विवाह गरेर जंगलमा लुक्न बाध्य जोडीलाई घर पुगेपछि आफन्तले अलग्याए
२५ असार २०७८

धनगढी । कैलालीमा अन्तरजातीय विवाह गरेर जंगलमा लुक्न बाध्य भएका एक जोडीलाई घर पुगेपछि युवतीका आफन्तले छुटाइदिएका छन् ।

असार पहिलो साता घरबाट भागेर अन्तरजातीय विवाह गरेका भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र जानकी गाउँपालिकाकी मालती रावललाई घर पुगेपछि शुक्रबार युवतीका आफन्तले छुटाएर लगेका हुन् ।

विवाह गरेर जंगलमै लुकेर बसेका उनीहरुले भिडियो सार्वजनिक गर्दै आफूहरुलाई परिवारले स्वीकार नगरेको भन्दै सहयोगका लागि अपील गरेका थिए । तर भजनी नगरपालिका–४ स्थित प्रकाशको घरमा पुगेपछि शुक्रबार आएको २५–३० जनाको समूहले युवतीलाई छुटाएर लगेको आफन्तले बताएका छन् । नातामा प्रकाशका बाजे पर्ने भजनी नगर कार्यपालिका सदस्य समेत रहेका प्रताप ताम्राकारले शुक्रबार दिउँसो साढे १ बजेतिर युवतीलाई २५–३० जनाको समूहले जीपमा हालेर लगेको अनलाइनखबरलाई बताए ...

समाचार स्रोत :