Follow us: Youtube Android App
सरकारी कागजमा बिचौलिया ‘राज’
३१ असार २०७८

सेवाग्राहीले कर्मचारीकै टेबलमा पुगेर कागजपत्र बुझाउँछन्। अनि, कर्मचारीले नै बिचौलिया बोलाउँछन्। कागजपत्र जिम्मा लगाउँछन् र भन्छन्– ‘यो काम गरेर ल्याइदिनू ल।’  

करिब २ घण्टासम्म कागजपत्रमाथि कुन फाँटमा के कारबाही हुँदैछ टुंगो हुँदैन। सेवाग्राहीले खोजी गर्दा कर्मचारीबाट जवाफ आउँछ– ‘तपाइँको काम हुँदैछ। ढड्डा एउटैमात्र भएकाले अरूले पनि त्यही ढ्डडामा लेख्दैछन्, तपाइँको पालो आउँछ।’  

अझ निकैबेर कुर्दा पनि ‘पालो’ नआएपछि सेवाग्राही आफैं आफ्नो फाइल खोजी गर्छन्। खोजी गर्दैजाँदा कर्मचारीले भनेको ढड्डा बिचौलियाको घेराभित्र छ। कार्यालयको बाहिरपट्टिको कोठामा बिचौलिया तँछाडमँछाड गरी ढड्डामा लेख्दैछन्। सरकारी छापसमेत धमाधम आफैं लगाउँदैछन् ...

समाचार स्रोत :