Follow us: Youtube Android App
मूलधारमा राउटे !
१ साउन २०७८

पृथ्वीमा उत्पत्ति भएका जीवमध्ये मानव जातिको सबैभन्दा छिटो विकास भएको मानिन्छ। वानर प्रजातिको अवशेष (रामापिथेकस) भेटिएको आधारमा मानवको विकास भएको मानिन्छ। मानव सभ्यताको सुरुआतमा बाँदरजस्तै देखिने जीवलाई प्रोकन्स्कूल भनिन्थ्यो। यिनीहरूको शरीर कुप्रो थियो। क्रमशः शारीरिक संरचना परिवर्तन हुँदै अस्टेलोपिथेकस, पिथेकनथेरापस, नेन्डरथालामन्स र क्रोम्याग्ननजस्ता विकसित अहिलेकै मानव देखा परे। सुरुको बाँदर प्रजाति प्रोकन्स्कूलका केही मात्रामा पुच्छर थियो भने त्यसपछिका विकसित विभिन्न स्वरूपमा पुच्छर हराएको पाइन्छ। उत्पत्तिको मिति पत्ता लगाउन जीवाशेषहरूका आधारमा अहिले पनि अनुसन्धान भइरहेका छन्। समय र वातावरण बुझेर निर्णय गर्ने भएकैले मानिसलाई बुद्धिमान् मानिन्छ।

प्राचीन मानवहरूले हजारौं वर्ष पृथ्वीमा ढुंगा खोपेर बिताए र बिलाए पनि। तर, आधुनिक मानवको एक प्रजाति चन्द्रमा र मंगलग्रहको धुलो अध्ययन कसरी गर्ने र बस्ती बसाउने भनेर दिन–रात नयाँ सोचमा छ। प्रविधिको विकाससँगै यो सोचमा मानव समुदाय पुगिरहँदा अहिले पनि धेरै त्यस्ता समुदाय छन्, उनीहरू आधुनिकताभन्दा पर रमाउन चाहन्छन्। उनीहरूको रहन–सहनसँगै कानुन पनि फरक भेटिन्छ। आफ्नै नियममा रमाउने त्यस्ता समुदाय नेपालसहित विश्वका धेरै मुलुकमा छन््। नेपालको कर्णाली प्रदेशका विभिन्न जंगलमा घुमन्ते जीवन बिताउने राउटे समुदाय पनि एक हो। उनीहरूको आफ्नै नियम छ। शिकार र कन्दमूलको भरमा जीवन धान्दै आएका उनीहरू जंगललाई नै आफ्नो घर मान्दै आएका छन् ...

समाचार स्रोत :