Follow us: Youtube Android App
मकवानपुरमा कैद सजाय तोकिएका २६ सय जना फरार
४ साउन २०७८

हेटौंडा । मकवानपुर जिल्ला अदालतबाट दोषी ठहर भई सजाय तोकिएका २ हजार ६०९ जना फरारको सूचीमा रहेका छन् ।

फरार सूचीमा रहेकोहरुको संख्या बढेसँगै सजाय र जरिवाना वक्यौता पनि बढ्दै गएको मकवानपुर जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

आदेश अनुसारको दण्ड जरिवाना संकलन नहुँदा अदालतको बक्यौता २६ करोड एक लाख ८० हजार रुपैयाँ पुगेको उनले बताए । यस्तै अदालतवाट दण्डवापत कैद बस्नुपर्ने व्यक्ति कैदमा नबस्दा अदालतको लगत वर्षेनी बढ्दै हाल ३ हजार ५५४ वर्ष ५ महिना २१ दिन पुगेको छ । गत आर्थिक वर्षको भन्दा १२२ वर्ष कैद बक्यौता बढेको छ ...

समाचार स्रोत :