Follow us: Youtube Android App
सप्तरीका ६ सय घर डुबानमा
६ साउन २०७८

सप्तरी, धनुषा । लगातारको वर्षाले खोलाहरूमा बाढी आउँदा मंगलबार सप्तरीका आधा दर्जन पालिकाका बस्ती जलमग्न भएका छन् । त्रियुगा नदीसँगै सहायक खोलानालामा आएको बाढी चन्द्रनहरको बाँध भत्काएर आसपासको बस्तीमा पसेको हो । सप्तकोसी, कञ्चनरूप, तिरहुत र महादेवाका विभिन्न भागमा बाढी पस्दा करिब ६ सय घर डुबानमा परेका छन् ।

उता धनुषामा कमला नदीमा आएको बाढीले बाँध लगातार कटान भइरहेको छ । बाँध भत्किए बाढी धनुषाको पूर्वीक्षेत्रका बस्तीमा पस्ने जोखिम बढेको छ । बाँध जोगाउन सेना, सशस्त्र प्रहरीसँगै स्थानीय बासिन्दा मिलेर काम गरिरहेका छन् ...

समाचार स्रोत :