Follow us: Youtube Android App
मौसम पूर्वानुमान : बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा
६ साउन २०७८

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बाग्मती, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। बुधबार जारी मौसम बुलेटिनअनुसार मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ।

हाल देशभर सामान्य देखि पुर्ण बदली रहि प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बुधबार दिउँसो लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती बाग्मती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ...

समाचार स्रोत :