Follow us: Youtube Android App
जावलाखेल भलिवल टिमका म्यानेजर लागुऔषधसहित पक्राउ
१७ जेठ २०७८

काठमाडौं । ललितपुरस्थित जावलाखेल भलिबल टिमका म्यानेजर अनुप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । अनुपसहित थप दुईजनालाई लागुऔषधसहित  पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।  

पक्राउ पर्नेमा अमृता खड्का र परदु गुरुङ छन् । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले अनुपको कोठाबाट ५० ग्राम अवैध लागु औषध एम्फेटामाइन आइस बरामद गरेको छ । अनुपले एम्फेटामाइन आइसको डिलर चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

अमृता र परदु लागुऔषध प्रयोगकर्ता हुन् । अनुपकोमा किन्न गएको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अनुपको कोठाबाट प्रहरीले लागुऔषध तौलने डिजीटल तराजु, प्लाष्टिकका प्याकेट र तीन थरी मिश्रण गरेर प्रयोग गरिने लागुपदार्थ पनि बरामद गरेको छ ...

समाचार स्रोत :