Follow us: Youtube Android App
मनाङेलाई कारबाही गर्न राखेपको माग
१ असार २०७८

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री दीपक मनाङेले आपत्तीजनक अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विरोध जनाएको छ ।

समाजले पचाउन नसक्ने शब्दमा राखेप सदस्यसचिव रमेश सिलवाल र बोर्ड सदस्य राजेश गुरुङप्रति अमर्यादित टिप्पणी गरेको भन्दै राखेपले मनाङेलाई कानुनअनुसारको कारबाही गर्न माग गरेको छ ।

‘प्रदेश मन्त्रीजस्तो सार्वजनिक र महत्वपूर्ण जिम्मेवारी सम्हालेका व्यक्तिबाट कसैप्रति यस्तो अभिव्यक्ति आउनु भत्र्सनायोग्य कुरा हो,’ राखेपका निमित्त सदस्यसचिव पुरेन्द्रविक्रम लाखेले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘माननीय मन्त्रीज्यूबाट समाजले पचाउन नसक्ने शब्दमा राखेप सदस्यसचिव र बोर्ड सदस्यप्रति अमर्यादित टिप्पणी आउनु खेदजनक छ । यसले सम्पूर्ण नेपाली खेलकुदको अपमान भएको महसुस हामीले गरेका छौं ...

समाचार स्रोत :