Follow us: Youtube Android App
प्रादेशिक रंगशाला निर्माण गर्न कर्णाली सरकारले छुट्यायो ३५ करोड
२३ असार २०७८

सुर्खेत । कर्णाली सरकारले प्रदेश गौरवको आयोजना भनेको प्रादेशिक रंगशाला निर्माणका लागि ३५ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

डीपीआरअनुसार उक्त रंगशाला निर्माण गर्न कुल २ अर्ब बजेट आवश्यक पर्छ । तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने सरकारी लक्ष्य पूरा गर्न वार्षिक करिब ७० करोड बजेट विनियोजन गर्नुपर्ने देखिन्छ । तर, सरकारले आगामी आर्थिक वर्षका लागि ३५ करोड मात्रै बजेट प्रस्ताव गरेको छ ।

प्रादेशिक रंगशाला निर्माणका लागी उक्त बजेट निकै न्यून भएको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सन्ज्याल बताउँछन् । ‘हामीले ६० करोडमाथि नै माग गरेका थियौं । तर मन्त्रालयबाट ३५ करोड मात्रै प्रस्ताव भएको छ,’ उनले भने । बजेट पर्याप्त नभए पनि आयोजना शुरु गर्नैपर्ने बाध्यता रहेको सन्ज्यालको भनाइ छ ...

समाचार स्रोत :