Follow us: Youtube Android App
डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड यूरो कपको फाइनलमा
२४ असार २०७८

इंग्ल्यान्ड ५५ वर्षपछि ठूलो (विश्वकप–यूरो कप) प्रतियोगिताको फाइनलमा पुगेको हो। यसअघि सन् १९६६ मा विश्वकपको फाइनलमा पुगेको हो। साे खेलमा पश्चिमी जर्मनीलाई पराजित गर्दै उपाधि जितेको थियो।

गएराति भएको खेलमा डेनमार्कलाई २–१ ले पराजित गरेको हो। निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो।

अतिरिक्त समयमा इंग्ल्यान्डका कप्तान हेरी कानेले पेनाल्टीमा गोल गर्दै जित दिलाएका हुन्। डेनमार्कका खेलाडीले डी–एरियाभित्र इंग्ल्यान्डका स्ट्रलिङ रहिमलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

यसको डेनमार्कका खेलाडीले विरोध पनि गरेका थिए। त्यसपछि रेफ्रीले ‘भिडिओ एसिस्टेन्ट रेफ्री (भार)’ सहायता लिएका थिए। भारले रेफ्रीको निर्णय बदल्न अस्वीकार गरेको थियो ...