Follow us: Youtube Android App
पारा ओलम्पिक कमिटीको लापरबाही : पौडीमा खेलाडीको नामै पठाइएन
६ साउन २०७८

काठमाडौँ । राष्ट्रिय पारा ओलम्पिक कमिटी (एनपीसी) ले निर्धारित समयभित्र आवेदन नदिएका कारण टोकियो पारा ओलम्पिकमा नेपालबाट पौडी खेलमा प्रतिनिधित्व हुन नपाएको खुलासा भएको छ । जापानमा शुक्रबार ३२ औं ग्रीष्मकालीन ओलम्पिक सुरु हुँदै छ । अगस्ट ८ (साउन २४) मा ओलम्पिक सकिएको १५ दिनपछि टोकियोमै पारा ओलम्पिक हुनेछ ।

पारा ओलम्पिकमा नेपालबाट पारा तेक्वान्दोकी पलेशा गोबर्द्धनले मात्र प्रतिनिधित्व गर्दै छिन् । ५ खेलका लागि सम्बन्धित खेल संघबाट एक पुरुष र एक महिला खेलाडीको नाम सिफारिस गरिएको थियो । राष्ट्रिय पारा ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटी (आईपीसी) मार्फत कोटा माग गर्नुपर्नेमा पौडी खेलाडीको नाम नै नपठाएको पाइएको हो ...

समाचार स्रोत :