Follow us: Youtube Android App
जसपा कतै लाग्दैन, देश अब चुनावतिर गयोः सर्वेन्द्रनाथ शुक्ला
६ जेठ २०७८

विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा)को विवाद तत्कालका लागि साम्य भएको नेताहरुले बताएका छन्।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार ८ बुँदे संयुक्त विज्ञप्ति जारी गरेपछि फुटकै डिलमा पुगेको जसपाको विभाजन रोकिएको उनीहरु दाबी गर्छन्।

तर, संयुक्त विज्ञप्ति सार्वजनिक भएको केही घण्टामै संसदीय दलको निर्णय भन्दै वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चुनिएको पत्र संसद सचिवालयमा दर्ता गरिएपछि अन्योलको स्थिति छ।

यस्तो अवस्थामा जसपा एकढिक्का रहन सम्भव छ? जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो भने अबको राजनीति कता जान्छ? यसै विषयमा जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य सर्वेन्द्रनाथ शुक्लासँग नेपालखबरले गरेको कुराकानीः

जसपाभित्रको विवाद साम्य भएकै हो कि केही दिनको विश्राम मात्र हो?
विवाद हटोस् भनेरै दुई अध्यक्षको हिजो विज्ञप्ति आएको हो। कुनै किसिमको विभाजनको रेखा नदेखियोस्, देखिएको पनि समाप्त होस् भन्ने प्रयासको लागि त्यो आएको हो...

समाचार स्रोत :