Follow us: Youtube Android App
ओलीले प्रधानमन्त्री पद छाडे भने एकता हुनसक्छः विरोध खतिवडा
१२ असार २०७८

विरोध खतिवडा नेकपा एमालेका सांसद तथा केन्द्रीय सदस्य हुन्। मकवानपुरका खतिवडा एमालेका यस्ता एक जना नेता हुन्, जो प्रतिनिधि सभामा चौथो पटक निर्वाचित भैसक्दा पनि अहिलेसम्म मन्त्री बनेका छैनन्। पछिल्लो समय मन्त्रीपरिषदमा गैरसांसदहरूको संख्या बढि देखिइरहेका बेला करिब तीन दशकदेखि सरकार बाहिरै रहेर राजनीति गरिरहेका खतिवडा अहिले एमालेमा माधवकुमार नेपाल समूहका एक जना प्रखर नेता हुन्। खतिवडासँग एमालेको विवाद, संसद् विघटनलगायतका विषयमा गरिएको वार्ता :

एमालेमा पहिले पनि गुट संघर्ष हुन्थ्यो। तर, तिनको व्यवस्थापन गर्दै पार्टी चल्ने गर्थ्यो। अहिले पार्टी चल्नै नसक्ने अवस्थामा पुगेको हो?
हो, पहिलेजस्तो अवस्था अहिले छैन।

के कारणले?
यो केपी शर्मा ओलीको कारणले। ओलीका पछि हुनेहरु बोल्न सक्दैनन्। प्रदीप ज्ञवाली, सुवास नेम्वाङ र विष्णु पौडेलहरु। हामीसँग भन्छन्– तपाईंहरुले भनेको ठिक हो, ओलीले गर्दा सबै बिग्रियो भनेर। ओलीलाई गएर भन्नु न भन्दा सक्दैनौँ भन्छन्। कसैकसैले भनिहाले पनि सुन्दैनन् भन्छन्। उनीहरु हामीलाई भन्छन्– केपीले गर्दैनन्, तपाईंहरु जिम्मेवार भइदिनुस्। त्यसको के अर्थ हुन्छ र?

दलाली र लोभीपापीको कारणले यस्तो भएको हो। ओलीका पछि लागेका तीनचार जनाले मात्रै हाम्रो कुरा नमाने विद्रोह हुन्छ भन्ने हो भने ओली त्यसै लाइनमा आउँछन्।

यो अवस्था कहिलेसम्म रहला? ...

समाचार स्रोत :