Follow us: Youtube Android App
अदालतले मात्रै गलहत्याउन सक्छ तानाशाह बन्न खोज्नेलाई
१ साउन २०७८

गत साता दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमा जेल चलान भए। यो घटनाले एउटा आधारभूत तथ्यलाई अगाडि सारेको छ। त्यो के हो भने लोकतन्त्रको जीवन निष्पक्ष न्यायपालिकामा निर्भर हुन्छ।

कानुनको बन्धनमा नबसी स्वेच्छाचारी शासन चलाउने आकांक्षा पालेका नेताहरुका कारण अहिले अन्तर्राष्ट्रिय राजनीति विकृत बनेको छ। यस्ता कठोर शासकहरु तानाशाही मुलुकमा मात्र सिमित छैनन्। स्वतन्त्र निर्वाचन गराउने भारत, टर्की, ब्राजिल, इजरायल र आफूलाई ‘स्वतन्त्र विश्वको नेता’ भन्ने अमेरिकामा समेत यस्ता नेता पैदा भएका छन्।

कठोर शासक सत्तामा टिकिरहन सफल हुन्छ कि उसलाई कुर्सीबाट गलहत्याइन्छ भन्ने कुरा न्याय प्रणाली भरपर्दो छ कि छैन भन्नेले निर्धारण गर्छ। शासकले अदालतको स्वतन्त्रतालाई समाप्त गर्न सक्यो भने लोकतन्त्रको विनाश, बेरोकटोक भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथि दमन गर्ने ढोका खुल्छ। तर, अदालतले दबाब थेग्न सक्यो भने राजनीतिक स्वतन्त्रता बाँच्ने सम्भावना रहन्छ ...

समाचार स्रोत :