Follow us: Youtube Android App
नेपाली भू-उपग्रह स्याट-१ खरानी हुँदै
४ असार २०७८

काठमाडौँ l अन्तरिक्षमा पठाएको ६ महिनासम्म मात्रै काम गर्न सक्‍ने भनिएको नेपालको पहिलो स्याटेलाइट ‘नेपाली स्याट–१’ ले बिहीबार दुई वर्ष पूरा गरेको छ । सन् २०१९ को जुन १७ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट नेपाली स्याट–१ सहित श्रीलंकाको राभाना–१ र जापानाको इगुसु स्याटेलाइट एकैसाथ अन्तरिक्षमा छाडिएको थियो ।

सुरुमा पृथ्वीको सतहदेखि ४ सय २० किलोमिटरमाथि घुमिरहेको नेपालको झन्डा अंकित स्याटेलाइट पछिल्लो समय पृथ्वीतर्फ झर्दै गइरहेको छ । बिहीबार नेपाली स्याटेलाइट पृथ्वीदेखि ३ सय ३० किलोमिटर माथि घुमिरहेको थियो ।

‘बार्डस्–३ मिसनअन्तर्गत छाडिएको यो क्युब स्याटको आयु ६ महिना भनिएको थियो,’ स्याटेलाइटका निर्माणकर्ता एवं नास्टका इन्जिनियर हरिराम श्रेष्ठले भने, ‘स्याटेलाइटले अन्तरिक्षमा २ वर्ष पूरा गर्‍यो ...

समाचार स्रोत :