Follow us: Youtube Android App
क्रिप्टोकरेन्सीको कारोबार रोक्न चीनको कडा निर्देशन, बिटक्वाइनको मूल्य ३० हजारभन्दा तल
१० असार २०७८

चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीहरुमाथिको हस्तक्षेपमा विस्तार गर्दै देशभित्रका बैंक तथा भुक्तानी प्लाटर्फमहरुलाई डिजिटल क्रिप्टोकरेन्सी मुद्रामा हुने भुत्तानीलाई रोक्न निर्देशन दिएको छ ।

गत शुक्रबार सिचुआन प्रान्तमा हुने बिटक्वाइनको माइनिङ रोक्ने आदेश दिएको चीनको भोलिपल्टै बैंक तथा भुक्तानी कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । स्मरण रहोस् गत वर्ष विश्वमा भएको बिटक्वाइनको कूल उत्पादन मध्ये ६५ प्रतिशत चीनमै भएको थियो । क्याम्ब्रिज विश्वविद्यालयको एक रिपोर्ट अनुसार चीनको सिचुआन प्रान्त बिटक्वाइनको दोश्रो ठूलो उत्पादकको रुपमा रहेको छ ।

तर पछिल्लो चिनिया कदमसँगै बिटक्वाइनको मूल्यमा झनै गिरावट देखिएको छ । सोमबार १० प्रतिशतले घटेको बिटक्वाइनको शेयर मूल्य मंगलबार झनै खस्किएर ३० हजार भन्दा तल झरेको छ ...

समाचार स्रोत :