Follow us: Youtube Android App
विद्यार्थीमा सिर्जनाको सीप सिकाउँदै ‘कारखाना’
१२ असार २०७८

काठमाडौं । लकडाउनको समय छ । देशभरका शैक्षिक संस्था ‘लक’ भएर ‘डाउन’ को स्थितिमा पुगिसकेका छन् । तर काठमाडौंको ज्ञानेश्वरमा एउटा तीनतले ‘कारखाना’ लेखिएको भवन छ, जहाँ युवाहरू भविष्यका कर्णाधार विद्यार्थीका लागि नयाँ ज्ञान र सीप सिकाउने ‘साइन्स किट’ अर्थात् विज्ञान सिकाइ सामग्री बनाउन र प्याक गर्न व्यस्त देखिन्छन् ।

उनीहरू उक्त कारखानाको पहिलो तलामा कोही इलेक्ट्रोनिक सामग्री बनाइरहेका छन्, कोही डिजाइनिङमा व्यस्त छन् भने कोही ल्यापटप हेर्दै अनुसन्धानको काममा घोत्लिरहेका छन् ।

भवनको दोस्रो र तेस्रो तला स–साना ब्यागले भरिएका छन्, जहाँ विज्ञान र प्रविधि प्रयोग गरी रचनात्मक तरिकाले बनाइएका कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका प्रयोगात्मक सामग्रीहरू राखिएका छन् । ब्यागमा राखिएका यी सामग्रीले विद्यार्थीमा उत्पन्न हुने उत्सुकता, रमाइलो लाग्ने खालका विषय प्रविधि, गेमिङ, रोबोटिक्स, एनिमेशन, क्राफ्ट जस्ता कार्यक्रम तयार पारेर रचनात्मक सीप सिकाउन मद्दत गर्नेछ ...

समाचार स्रोत :