Follow us: Youtube Android App
गुड्ने र उड्ने गाडी 'एयरकार' को पहिलो उडान पूरा
१७ असार २०७८

'एयरकार'ले हालै दुई शहरमाथि आफ्नो पहिलो उडान पूरा गरेको छ। एयरकार हाइब्रिड गाडी हो, जुन अरु कार जस्तै सडकमा गुड्न सक्छ र आकासमा उड्छ। एयरकारले स्लोभाकियाको आकासमा पहिलो अन्तर–शहर उडान पुरा गरेको अमेरिकी वेभसाइट रोब रिपोर्टले लेखेको छ।

एयरकारको डिजाइन क्लाइन भिजनका प्रोफेसर स्टिफन क्लाइनले गरेका हुन्। स्लोभाकियाली संगठनले उक्त कार बनाउन ३० वर्षभन्दा बढी समय खर्चेको छ। सो समयमा असंख्य प्रोटोटाइपहरू निर्माण गरेको छ।

हालै उडान पूरा गरेको यो विशेष एयरकार, प्रोटोटाइप १ हो। यो स्पोर्ट कारलाई जम्मा २ मिनेट १५ सेकेन्डमा एक विमानमा रुपान्तरण गर्न सक्छ। यसमा पेट्रोलबाट चल्ने १ सय ६० एचपी बिएमडब्ल्यू इन्जिन जडान गरिएको छ ...

समाचार स्रोत :